उत्कृष्ट विद्यालयलाई सम्मान पुरस्कार (नगद रु. १००,०००) र सात प्रदेशबाट एक÷एक जना गरी सात उत्कृष्ट शिक्षकलाई (नगद रु. ५०,०००) का साथै प्रोत्साहनस्वरुप पुरस्कृत शिक्षकआबद्ध विद्यालयलाईशैक्षिक सामग्री ।

निवेदकले अनिवार्य आवेदन फाराम भर्नुपर्ने हुन्छ ।

शिक्षक/प्रधानाध्यापकको व्यक्तिगत विवरणः शिक्षकको नाम, जन्म मिति, लिङ्ग, स्थायी ठेगाना, अस्थायी ठेगाना, इमेल, मोबाइल नंम्बर, सम्पर्क फोन ।

योग्यतासम्बन्धी विवरणः माथिल्लो शैक्षिक योग्यता/तह, अध्ययन गरेको शैक्षिक संस्था, उत्तीर्ण साल, अध्ययन गरेको मूल विषय, उत्तीर्ण श्रेणी, शिक्षण अनुभव, शिक्षकको तह र श्रेणी, शिक्षण अवधि, कार्यरत विद्यालयको नाम, अध्यापन गर्ने विषय÷तह, शिक्षक तालिम, जानेको भाषा, सम्मान÷पुरस्कार, विशेष रुचि÷दक्षता, अध्यापन गर्ने विषय वा तहको औसत वार्षिक सिकाइ उपलब्धि,

निवेदनमा समावेश हुनुपर्ने कागजात: विद्यालय व्यवस्थापन समितिको सिफारिस, नेपाली नागरिकताको प्रतिलिपि, शैक्षिक तथा अन्य अनुभवका प्रमाणपत्रहरु ।

तलका प्रत्येक प्रश्नहरुको पचास शब्दमा नबढाई उत्तर दिनुहोला ।

  1. विद्यालय तथा शिक्षकका रूपमा तपाईको जीवनको प्रेरणा र चुनौतीहरू के के थिए? ३०० शब्दहरू।
  2. एक शिक्षकको हैसियतमा तपाईलाई गुणस्तरीय शिक्षाको अर्थ के हो ? सबै बालबालिकाले गुणस्तरीय शिक्षा पाइरहेका छन भनी सुनिश्चित गर्न तपाइँले प्रयोग गर्नुहुने कक्षाकोठाका केही शिक्षण र सिकाइ अभ्यासहरू के हुन् ? तपाईंले पढाउने कक्षाहरूमा सिकाउने नतिजाहरू के हुन् ? आफ्ना विद्यार्थीहरू सफल छन् भनी सुनिश्चित गर्न तपाईंले कक्षाकोठामा प्रयोग गर्नुभएको केही नवीन अभ्यासहरू वा रचनात्मक रणनीतिहरू उल्लेख गर्नुहोस ्। ७०० शब्दहरू ।
  3. शिक्षणबाहेक तपाईंले कुनै सामाजिक वा सार्वजनिक हितको काम गर्नुभएको छ ? छ भने बुँदागत रुपमा उल्लेख गर्नुहोस् । तलका प्रत्येक प्रश्नहरुको पचास शब्दमा नबढाई उत्तर दिनुहोला ।
  4. शिक्षकहरूका लागि – तपाईंले अभिभावक र समुदायका सदस्यहरूलाई बालबालिकाको सिकाइ र भविष्यमा प्रगती र सफलतामा संलग्न गराउनु भएको केही तरिकाहरू के–के छन? तपाईलाई शिक्षकको रूपमा पाउँदा विद्यार्थीहरू र तिनीहरूका परिवारहरूले कसरी लाभ उठाएका छन? प्रिन्सिपलको लागि – विद्यालय र समुदायमा तपाईको उल्लेखनीय योगदान के छ? तपाईको नेतृत्वमा विद्यालय र समुदायमा कस्तो परिवर्तन आएको छ ? ७०० शब्दहरू ।
  5. तपाईंले पक्कै शिक्षक तालिम लिनुभएको होला । तालिमका क्रममा हासिल गर्नुभएको ज्ञान तथा सीप व्यवहारमा कतिको उतार्नुभएको छ ? छ भने त्यसले विद्यार्थीको सिकाइ सुधारमा पु¥याएको योगदानबारे उदाहरणसहित लेख्नुहोस् ।
  6. शिक्षण पद्धतिलाई रोचक बनाउँदै विषयवस्तुबारे छात्रछात्रालाई बुझाउन पाठ्यपुस्तकबाहेक अन्य शैक्षिक सामग्री पनि प्रयोग गर्नुभएको छ ? छ भने कस्तो विधि र प्रविधि प्रयोग गर्नुभएको छ ? उल्लेख गर्नुहोस् ।
  7. विद्यार्थीको सिकाइ प्रगति परीक्षण गर्न कुन मूल्याङ्कन विधि प्रयोग गर्नुहुन्छ ? कक्षामा कमजोर विद्यार्थीको स्तर उकास्न कुनै खास विधि प्रयोग गर्नुभएको छ ? छ भने उदाहरणसहित लेख्नुहोस् ।
  8. आफूले सिकेको ज्ञान, सीप र अनुभव सहकर्मी शिक्षकसँग आदानप्रदान गर्नुभएको छ ? छ भने कसरी आदानप्रदान गर्नुभएको छ, उल्लेख गर्नुहोस् ।
  9. तपाईं आम शिक्षकभन्दा कसरी भिन्न हुनुहुन्छ ?
  10. प्रधानाध्यापकको रुपमा विद्यालयको उन्नतिका लागि तपाईंले गर्नुभएका पाँचवटा विशेष काम बँुदागत रुपमा उल्लेख गर्नुहोस् । (प्रअका लागि मात्र )

निवेदन फाउन्डेसनको ठेगानामा हुलाक वा इमेलमार्फत पनि पठाउन सकिनेछ ।

फोन: ५२६१११६, ९८१८५६४६२४
इमेल: ppprasaifoundation@gmail.com
वेबसाइट :www.ppprasaifoundation.com
पो.ब.नं. ४९५, नटराज टुर्स एन्ड ट्राभल्स, ज्वागल चोक, ललितपुर

नोट हरेक वर्ष आवेदन मिती जूनसूकै समय खूल्ला रहने छ । पूरस्कार घोषणा तथा वितरण मिती हरेक वर्ष सेप्टेम्बर ५ मा गरिने छ । थप जानकारीको लागी: www.ppprasaifoundation.com

अथवा तलको गुगल फारम भरि निवेदन दिन सक्नुहुनेछ। गुगल फारमको लिन्क चाहिएमा यहांं किल्क गर्नुहोस।