आदरणीय शिक्षक ज्यू ।

यहाँलाई अवगत नै छ, विश्वभर फैलिएको कोरोना भाईरस (COVID-19) का करण हामी सबै प्रभावित छौ । यसले असर नपुर्याएको कुनै पनि क्षेत्र छैन् र समग्र रुपमै सम्पुर्ण अर्थतन्त्रमा प्रभाव पारेको छ । सामाजिक, आर्थिक तथा साँस्कृतिक स्वरुप नै खलबलिएका छन् ।

स्वभाविक रुपमा यसले हामीलाई पनि प्रभावित बनायो र अनेक प्रयत्नका बाबजुद पनि यसबर्ष (ई.सं २०२०) को नवौं राष्ट्रिय पी पी प्रसाई शिक्षक पुरस्कार स्थगत गर्न वाध्य भएको जानकारी गराउन छौ । र परिस्थिति अनुकुल बने ई.सं २०२० र २०२१ को पुरस्कार अर्को वर्ष एकै साथ आयोजना गरिनेछ । यसबाट हाम्रा निवेदकहरुमा पर्न गएको असुविधा प्रति क्षमा प्रार्थी छौ ।

धन्यवाद ।

पी.पी. प्रसाई फाउन्डेशन परिवार